विराटनगरमा ईभी कर्निभल जारी

Logo
भोजराज घिमिरे - सोमबार, फाल्गुण १९, २०८१

विराटनगर । विराटनगरमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी (ईभी) कर्निभल ‘माव वृद्धी ईभी कर्निभल’ आयोजना भइरहेको छ। यो कर्निभल कञ्चनजङ्घा बैंक्वेट (विराटनगर) र श्रीजना मोटर्स (ईटहरी शोरूम) मा फागुन १८ गतेदेखि २० गतेसम्म (आईतबार–मंगलबार) सञ्चालन हुनेछ।

कार्यक्रममा नम्मी, सेरिज, र डिपल जस्ता विभिन्न इलेक्ट्रिक गाडी कम्पनीहरूका गाडीहरू प्रदर्शनीमा राखिनेछन्। कर्निभलमा विशेष अफरहरू उपलब्ध हुनेछन्, जसमा:

– आकर्षक नगद छुट

– उत्कृष्ट एक्सचेन्ज भ्यालु

– स्पट फाइनान्स सुविधा

– ७ किलोवाट चार्जर निःशुल्क

– १ वर्षको निःशुल्क ऑटो प्लस इन्स्योरेन्स

– १ वित्तीय वर्षको निःशुल्क सडक कर

– प्रत्येक टेस्ट ड्राइभ तथा मुल्यांकनमा विशेष उपहार

बुकिङ गर्ने ग्राहकहरूका लागि लक्की ड्र मार्फत दम्पतीहरूका लागि ‘डेली कन्ट्री भिल्ला’ मा स्टे प्याकेज र आइफोन १६ प्रो म्याक्स जित्ने अवसर पनि रहेको छ/

इलेक्ट्रिक गाडीप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै आयोजित गरिएको यस कर्निभलले ग्राहकहरूलाई इलेक्ट्रिक सवारीसाधनको लाभ, टेक्नोलोजी, र अफरहरूबारे जानकारी प्रदान गर्नेछ।

 

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356