नेपालमा ९ महिनासम्म रहेको चन्द्रमाको चट्टान नासालाई फिर्ता पठाइयो

Logo
Red FM शुक्रबार, फाल्गुण १६, २०८१

Everest Science Center Nepal (ESCN) शान्ति बन ले नासाको जोनसन स्पेस सेन्टर, ह्युस्टन, टेक्साससँगको सम्झौताअनुसार प्रदर्शनीका लागि ल्याएको चन्द्रमाको चट्टान (Moon Rock) फिर्ता झन्डै ३ अर्ब ५० करोड वर्ष पुरानो चन्द्रमाको चट्टान, जुन ९ महिनासम्म नेपालमा प्रदर्शनका लागि राखिएको थियो, नासालाई फिर्ता पठाइएको छ। उक्त चट्टान नेपालमा रहेको अमेरिकी दूतावासका प्रतिनिधिलाई बुझाइएपछि अमेरिका फिर्ता पठाइएको हो।

नेपालमा ल्याइएपछि Everest Science Center Nepal (ESCN) शान्ति बन बर्जु सुन्सरी मा प्रदर्शनीका लागि ल्याएको चन्द्रमाको चट्टान (Moon Rock) प्रदर्शनी गरिएको यो चट्टान हेर्न हजारौँ नेपाली, विद्यार्थी , विज्ञानप्रेमीहरू पुगेका थिए Everest Science Center Nepal (ESCN) शान्ति बन का निर्देशक डा . दिलिप अधिकारी ले बताउनु भयो । वैज्ञानिकहरूको अनुसार, उक्त चट्टान अपोलो अन्तरिक्ष मिसनका अन्तरिक्ष यात्रीहरूले चन्द्रमाबाट संकलन गरी पृथ्वीमा ल्याएको नमूनाहरू मध्ये एक हो।

नेपालका विज्ञान तथा अनुसन्धानप्रेमीहरूका लागि यो एउटा ऐतिहासिक अवसर रह्यो। यसअघि, अमेरिकी अन्तरिक्ष यात्री स्कट पाराजिन्स्कीले सगरमाथाको चुचुरोसम्म पुर्‍याएको चन्द्रमाको अर्को नमूना पनि नेपालसँग सम्बन्धित ऐतिहासिक क्षणका रूपमा रहेको छ।

नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ल्याइएको चन्द्रमाको चट्टान अब नासाको अध्ययन तथा संग्रहालयका लागि अमेरिका फर्काइएको छ। विज्ञहरूका अनुसार, यस्ता वैज्ञानिक अवशेषहरूको प्रदर्शनले नेपालका विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञानप्रेमीहरूलाई प्रेरणा मिल्ने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356