

पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि वडा नं. १ को भेट्रान्स फुटबल टिमले आफ्नो पोल्टामा पारेको छ ।
आज भएको फाइनल खेलमा वडा नं १ ले वडा नं. ४ लाई ४ गोलका विरुद्ध ५ गोल गर्दै यस पटकको पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो । सो प्रतियोगिता देवीगञ्ज फुटबल क्लबको आयोजना र पथरी शनिश्चरे–२ वडा कार्यालयको सहयोगमा पञ्चायत माविको खेल मैदानमा सञ्चालन भएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा वडा नं. १ का दीपक राईले २ गोल, बिमल थापा, हेम सुब्बा र काजी राईले एक–एक गोल गर्दै आफ्नो टिमलाई विजयी तुल्याए भने वडा नम्बर ४ का रोजिन शिवाकोटीले दुई गोल, सूर्य परियारले १ गोल र यादव राईले १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच वडा नं ४ का रोजिन शिवाकोटी घोषित भए ।
विजेता तथा उप–विजेता टिमलाई नगर प्रमुख मोहन प्रसाद तुम्बापोले नगद सहित मेडल र ट्रफी प्रदान गर्नुभएको थियो ।
सो अवसरमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल, वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष नवीन कार्की लगायतको उपस्थिती थियो ।