विराटनगरमा कपडाको झोला बनाउने तालिम सुरु, वातावरण संरक्षण र स्वावलम्बनको अभियान

Logo
Red FM मंगलबार, फाल्गुण ०६, २०८१

विराटनगर, फागुन ४ — वातावरण संरक्षण र स्वावलम्बनको लक्ष्यसहित हाम्रो प्रयास, विराटनगर-७ द्वारा आयोजित कपडाको झोला बनाउने तालिम फागुन ३ गतेदेखि सुरु भएको छ। उक्त तालिम विराटनगर वडा नं. ७, साकम्बरी भवनमा फागुन ७ गतेसम्म सञ्चालन हुनेछ।
नगर कार्यपालिकाको कार्यालयको सहयोगमा आयोजित तालिमको उद्घाटन समारोहमा वडा नं. ७ का अध्यक्ष मधुबाबु तिवारी प्रमुख अतिथि रहनु भयो। कार्यक्रममा हाम्रो प्रयास की अध्यक्ष सावित्री ढकाल सभापति हुनुहुन्थ्यो भने कोशि प्रदेश का पुर्ब मुख्यन्यायधिबक्ता अधिवक्ता रुपेश कोइराला, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश परिषद सदस्य भोजराज घिमिरे र नेपाली कांग्रेस विराटनगर-७ का सभापति समाजसेवी अशोक बिष्ट, हलेसी महिला सशश्क्तिकरण सेव केन्द्र किअध्यक्ष सीता बराल विशेष अतिथि रहनु भयो।
तालिममा १५ जना सहभागीलाई कपडाको झोला बनाउने व्यावहारिक सीप प्रदान गरियो। प्रमुख अतिथि तिवारीले झोलाको बजार व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, प्लास्टिकको झोलाको सट्टा कपडाको झोला वातावरणमैत्री र दीर्घकालीन रूपमा उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।
“यस्ता कार्यक्रमहरूले रोजगारी सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छन्। स्थानीय तहको साथ र सहयोग भएमा महिलाहरू आत्मनिर्भर बन्न सक्छन्,” आयोजक संस्थाकी अध्यक्ष सावित्री ढकालले बताइन्।
कार्यक्रममा सहभागीहरूले आफूले सिकेको सीपलाई स्वदेशी उत्पादन प्रवर्द्धनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आयोजक संस्थाका अनुसार यस्ता तालिमलाई निरन्तरता दिने योजनामा छ।
कार्यक्रम सञ्चालन हाम्रो प्रयास की सचिव बाला पोखरेल ले गर्नुभयो भने स्वागत मन्तव्य सह-सचिव प्रमिला कर्ण ले दिनुभएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356