अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल-भारत सचिवस्तरीय सहमति

Logo
Red FM बुधबार, माघ ३०, २०८१

काठमाडौँ —नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले संयुक्त कम्पनी स्थापना गरेर दोधारा (नेपाल)–बरेली (भारत) र इनरुवा (नेपाल)– पुर्णिया (भारत) अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको छ । नयाँ दिल्लीमा मंगलबार बसेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १२ औं बैठकले कम्पनी र सेयर संरचनाबारे सहमति गरेको हो ।

गत माघ ९ मा बसेको ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्ल्यूजी) बैठकले गरेको सहमतिलाई नै सचिवस्तरीय बैठकले अनुमोदन गरेको बैठकमा सहभागी एक अधिकारीले बताए । सहसचिवस्तरीय बैठकमा ४०० केभी दोधारा–बरेली र इनरुवा–पुर्णिया प्रसारण लाइन निर्माणका लागि दुई देशको संयुक्त कम्पनी खडा गरेर काम अघि बढाउने सहमति भएको थियो ।

४०० केभी दोधारा–बरेली प्रसारण लाइनमा भारततर्फ १५० किलोमिटर र नेपालतर्फ करिब ३५ किलोमिटर दूरी हुनेछ । इनरुवा–पुर्णियामा नेपालतर्फ २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर दूरी हुनेछ । लगानी मोडालिटी तय भएसँगै इनरुवा–पुर्णिया सन् २०२८/२९ र दोधरा–बरेली सन् २०२९/३० मा सम्पन्न गर्ने लक्ष्य राखेर निर्माण थालिने भएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356