

काठमाडौँ —युरोपेली च्याम्पियन्स लिगको नकआउट प्ले–अफ राउन्ड पहिलो लेगमा रियल म्याड्रिडले मंगलबार म्यानचेस्टर सिटीमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । रियलले दुई पल्ट खेलमा पछाडि रहेको स्थिति उल्टाएर पहिलो लेगमा अग्रता लिएको हो ।
आफ्नै घरमा बेहोरेको हारले इंग्लिस च्याम्पियन प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ ।
अन्य खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी), युभेन्ट्स र बोरुसिया डर्टमुन्ड पनि विजयी रहे । इतिहाडमा सिटीका लागि इर्लिङ हालान्डले दुई गोल गरे । रियलका लागि खेलको निर्णायक गोल भने जुड बेलिङघमको नाममा रह्यो र उनले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । ‘आज हामीले राम्रो त खेल्यौं, तर अधिकांस समय पछाडि रह्यौं,’ वेलिङघमले प्रतिक्रिया
रियलका अन्य दुई गोल केयलिन एमबापे र ब्राहिम डियाजले गरेका हुन् । पीएसजीले ब्रेस्टलाई उसकै घरमा ३–० ले हरायो र आफूलाई मजबुत स्थितिमा राख्यो । यो जितले उसको अर्को चरणको यात्रा निश्चित जस्तै भएको छ । युभेन्ट्सले पीएसभी आयनहोभनलाई २–१ ले पराजि गर्यो । यस्तै डुर्टमुन्डले पनि स्पोर्टिङ लिस्वनलाई उसकै घरमा ३–० ले पराजित गरेको हो ।