शुभमन गिललाई गावस्करको सुझाव, ‘टेस्ट क्रिकेटमा धेरै आक्रामक नबन’

Logo
Red FM सोमबार, पुष १६, २०८०

काठमाडौँ । आफ्नो समयका महान भारतीय क्रिकेटर सुनिल गावस्करले वर्तमान राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान शुभमन गिललाई टेस्ट क्रिकेटमा ब्याटिङ गर्ने शैलीमा सुधार ल्याउन सुझाव दिएका छन् । गावस्करले टेस्ट क्रिकेटमा ब्याटिङ गर्दा धैर्यता आवश्यक पर्ने सुझाव गिललाई दिएका हुन् ।

‘सबै ढाँचाको क्रिकेट एउटै तरिकाले खेलिँदैन । टेस्ट क्रिकेटमा ब्याटिङ गर्दा धैर्यता आवश्यक पर्छ । आक्रामक ब्याटिङ शैली टेस्ट क्रिकेटमा काम लाग्दैन । शुभमन गिल र अन्य युवा खेलाडीले पनि यो कुरा बुझ्नु आवश्यक छ,’ ७४ वर्षीय गावस्करले भनेका छन् ।
गावस्करले टेस्ट क्रिकेटमा पनि गिलको ब्याटिङ शैली निकै आक्रामक रहेको बताएका छन् । छोटो ढाँचाको क्रिकेट र लामो ढाँचाको क्रिकेटमा प्रयोग गरिने बलले पनि ब्याट्सम्यानको प्रदर्शनमा फरक पार्ने उनी बताउँछन् ।
‘टेस्ट क्रिकेटमा प्रयोग गरिने रातो बलको चरित्रलाई पनि ब्याट्सम्यानले बुझ्नु आवश्यक छ । सेतो रंगको बलभन्दा रातो रंगको केही बढी तिब्र हुन्छ । त्यसको चरित्र बुझ्न सक्नु पर्छ । त्यसैले टेस्ट ब्याट्सम्यान बढी सतर्क हुनु आवश्यक छ,’ गावस्कर भन्छन् ।
हाल भारतीय क्रिकेट टोली दक्षिण अफ्रिका भ्रमणमा छ । सेन्चुरियनमा खेलिएको घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारतका युवा ब्याट्सम्यान दुबै पालीमा असफल देखिएका थिए । उनी पहिलो पालीमा दुई र दोस्रो पालीमा २६ रन बनाउँदै आउट भएका थिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356