जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

Logo
Red FM बुधबार, माघ २३, २०८१

काठमाडौं । संवाद फाउन्डेसनले जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८१ को घोषणा गरेको छ ।

आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेसनले आगामी फाल्गुन १६ देखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा महोत्सव आयोजना हुने जानकारी दिएको हो ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मौथिली भाषाका चलचित्र कम बन्ने गरेको भन्दै महोत्सवमार्फत नयाँ जागरण ल्याएर मिथिला र नेपालको बारे विश्वभर प्रचार गर्ने साधन बन्ने विश्वास व्यक्त गरे । उनले भने,‘चलचित्रको लागि संस्कृतिको लागि नेपालको नामका लागि यो एउटा प्लेटफर्म हुनेछ । जहाँ नेपाली चलचित्रको बाहूल्यता उपस्थिति पनि कम छ । र मौथिली भाषाका चलचित्र पनि कम बन्ने गरेका छन् । यस अर्थमा नयाँ जागरण हुनेछ । नेपाली मौथिली तथा अन्य मातृ भाषाका चलचित्र हेर्ने बानी बसाल्न, मिथिला र नेपालको बारे विश्वभर प्रचार गर्ने साधन हुन्छ भन्ने विश्वास लिएको छु ।’
त्यस्तै नायिका रेखा थापाले कला र महिलाको जननी मिथिला सभ्यता रहेको बताईन् । अहिले मान्छे र कला नै नक्कली भएकाले जमिनसँग जोडिएको सभ्यता संस्कृति, विरामी भएको भन्दै यसलाई जर्गेना गर्नेतर्फ सोच्नुपर्ने उनको भनाई छ ।

नेपालमा फिल्मको महत्व बुझाउने नेपाली समाजमा चलचित्रको कला र महस्व बुझाउन उद्देश्यले महोत्सवको आयोजना गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरूले आवेदन दिएका छन् भने नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी नै छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356