नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) ले सन् २०२४ को पहिलो दिन नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गरेको छ। यो मिसन आइतबार बिहान श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो ।
भारतको पीएसएलभीले यो उपग्रहलाई पृथ्वीभन्दा ६५० किलोमिटर तल पृथ्वीको कक्षमा राख्नेछ। स्याटेलाइटलाई पाँच वर्षसम्म काम गर्ने गरी डिजाइन गरिएको छ ।
यसले महत्त्वपूर्ण एक्स-रे डाटा सङ्कलन गर्नेछ र यसले हामीलाई ब्रह्माण्डलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछ। अब्जर्भेटरीको रूपमा काम गर्ने यो संसारको दोस्रो उपग्रह हुनेछ।