न्याय प्रणालीमा विश्वास गर्ने ठाँउ भएको सभापति रवि लामिछानेको भनाइ

Logo
Red FM शुक्रबार, पुष २६, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलय प्रति विशेष आभार व्यक्त गरेका छन् ।

न्याय प्रणालीमा विश्वास गर्ने ठाँउ भएको उनले उल्लेख गरेका छन् । अझै धेरै लडाइँ बाकी भएकाले पछी बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए ।

रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिए लगत्तै रविले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता खुशी हुदै नारा बाजि गरेका थिए । काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने शर्तमा प्रहरीले रविलाई परिवारको जिम्मा लगाएको हो ।

रविसहित छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाई, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङले बिहीबार नै धरौटी बुझाएर रिहा भएका हुन्।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356