एमालेमा बार्गेनिङ चल्दैन् : प्रधानमन्त्री ओली

Logo
Red FM शुक्रबार, पुष २६, २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद बेच्न आफ्ना–आफ्ना नामका पसल खोल्न खोजेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग कोही मिल्ने भए मर्ज गर्न आए हुन्छ भन्दै तर एमालेमा एकताका नाममा बार्गेनिङ नचल्ने बताए ।

‘हामी आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । मर्ज गर्न आए हुन्छ । तर एकताका नाममा बार्गेनिङ चल्दैन् । नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर वार्गेनिङ गर्न मिल्दैन् । उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’ उनले भने, ‘समादवाद के हो ? अहिले समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद भनेर बेच्ने गरेका छन् । यस्तो तरिकाले आफ्ना आफ्ना नामका पसल खोल्न खोजेका छन् मान्छेहरुले । हामीले त्यो पसल चल्न दिनु हुँदैन । अनावश्यक भाउ दिनु पनि हुँदैन् ।’

यस्तै उनले आसन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356