चिसो बढेपछि मुसहरबस्तीमा सास्ती

Logo
Red FM शुक्रबार, पुष २६, २०८१

सप्तरी — तिलाठी कोईलाडी गाँउपालिका-८ का ९ महिनाका बिक्की सदा चिसोका कारण आठ दिनदेखि बिरामी छन् । उनलाई रुघा र ज्वरोले सताएको छ ।

जदुरी गर खाने बाटो समेत बन्द भएको उनले बताइन् । ‘मजदुरी गर्न नपाएपछि चुलो बाल्न सक्ने स्थिति छैन,’ उनले भनिन् । कच्ची घरले शितलहरको सिरेटो छेक्दैन । शितलहर बढ्दै गर्दा ओत लाग्ने छत नभएका मुसहर परालको ओछ्यानमा सुत्छन् । लगाउने न्यानो कपडाको अभाव छ ।

‘बिहानदेखि बेलुकासम्म चिसो हावासंगै शितलहरी चल्दा घुर सहारा भएको छ,’ स्थानीय अनितादेबी सदाले भनिन्,‘घरमा पर्याप्त लुगा छैन, कच्ची घर छ, हावा पनि छेक्न सक्दैन, जाडो छल्न मुस्किल छ ।’

बिहान हुने बितिकै बस्तीमा घरैपिच्छे घुर बाल्छन्, रातिसम्म घुरकै सहारामा जिउ न्यानो बनाउनुपर्ने अवस्था छ,’ उनले भनिन्,‘कतै मजदुरी गर्न काम नपाउँदा छाक टार्ने थप समस्या आइपरेको छ ।’

नजिकै अर्को मुसहरबस्ती पनि छ, उत्तर तिलाठी कोईलाडी गाँउपालिका-८ मा । त्यहाँ पनि अवस्था उही छ । बलियो छत र न्यानो कपडा नहुँदा शितलहर छल्न आफूहरूका लागि कठिन बनेको स्थानीय भुलन सदाले बताए । ‘हामी गरिबलाई सँधै समस्या, मौसमको पनि समस्या,’ भुलनले भने,‘वर्षा र बाढी पनि हाम्रै घरमा पस्छ, जाडो र शितलहरी पनि हामीलाई नै खान्छ ।’

शितलहरीका कारण कतै जान नसक्दा बस्तीमा छाक टार्न अब अर्काको भर पर्नुपर्ने अवस्था आएको उनले सुनाए । यहाँका मुसहर मजदुर माटो काट्ने, ज्यालादारी गर्ने काम गर्छन् । बाह्रै महिना मजदुरी गरेपनि उनीहरूको आर्थिक जीवन उचो हुने गरी पारिश्रमिक पाउँदैनन् । ज्याला बढी माग गरे काम नै नपाउने अवस्था छ ।

शितलहर सुरू भएपछि मधेशमा ठूलो संख्यामा रहेका मुसहरूलाई दैनिकी बिताउन कठिन बनेको छ । नेपालमा मुसहर समुदायको कुल जनसंख्या २ लाख ६४ हजार ९ सय ७४ छ । नदी, नहर र सडक वरपर आश्रय लिएर बसेका अधिकांश मुसहर भूमिहीन छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356