चीनको तिब्बत केन्द्रबिन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प

Logo
Red FM मंगलबार, पुष २३, २०८१

विराटनगर । मंगलबार बिहान विराटनगरलगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टीकेन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

नेपालको विराटनगर, संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशका विभिन्न जिल्लामा हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ । हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन। भूकम्पको परिमाण र केन्द्रबिन्दु सम्बन्धी थप जानकारीका लागि राष्ट्रिय भूकम्प मापन केन्द्रको आधिकारिक विवरण प्रतीक्षारत छौँ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356