पाँचदिने ‘धरान उत्सव’ सुरु

Logo
Red FM आइतबार, पुष २१, २०८१

सुनसरी — धरान स्थापनाको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ । प्रत्येक वर्ष पुस २० गते मनाउने गरिएको धरान उत्सव यसपटक पाँच दिनसम्म मनाउने यसअघि नै घोषणा गरिएको थियो ।

‘घुम्न जाऔं धरान’ नारासहित शनिबार सुरु भएको उत्सवको ८८ वर्षीय ज्येष्ठ नागरिक काजीमान गुरुङले दीप प्रज्वलन गरी उद्घघाटन गरेका छन् । उत्सवको पहिलो दिन स्थानीय सांस्कृतिक र पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक झाँकी निकालिएको छ । झाँकीले नगर परिक्रमा गर्दै धरान रंगशालासम्म पुगेको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको नेतृत्वमा आयोजित उत्सवमा धरानमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । उत्सवअन्तर्गत आइतबार साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, सोमबार इस्टर्न सिंगिङ सुपर स्टार सिजन–१ र लोकदोहोरी कार्यक्रम राखिएको छ । मंगलबार वाकाथून, डोरीतान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी दिए ।

उत्सवको लागि नगरप्रमुख संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको गजमेरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356