सल्यानबाट ४१ करोडको अदुवा निकासी

Logo
Red FM बुधबार, पुष १७, २०८१

सल्यान — यस वर्ष सल्यानबाट झन्डै ४१ करोड रुपैयाँको अदुवा निकासी भएको छ । कृषि विकास कार्यालयका अनुसार ८ हजार ९ मेट्रिक टन अदुवा निकासी भएको हो । गत वर्ष ८ हजार ४ सय ३१ मेट्रिक टन निकासीबाट झन्डै ४२ करोड आम्दानी भएको थियो ।

शारदा नगरपालिका–१४ र १५ माल्नेटाको ढारखानी बोसे अदुवाका लागि प्रख्यात मानिन्छ । जिल्लाको अन्य पालिकाका किसानले पनि अदुवालाई आयआर्जनको स्रोत बनाएका छन् ।

माल्नेटा ढारखानीका ज्ञानबहादुर घर्तीले १० रोपनीमा प्रत्येक वर्ष ८० क्विन्टल जति अदुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष अदुवा बेचेर ८ लाखभन्दा बढी आम्दानी गरेको उनले बताए । माल्नेटाकै बुद्धिराम गिरीले पाँच रोपनीमा फलेको ६५ क्विन्टल अदुवा र बुर्नो अदुवा बेचेर ५ लाख कमाएका छन् ।

यहाँका किसानले १ हजार ४ सय २० हेक्टरमा बोसे अदुवा खेती गर्दै आएका छन् । मजदुरीका लागि भारतका विभिन्न स्थानमा भौंतारिन बाध्य स्थानीय अहिले खेतीमै रमाउन थालेका हुन् । अदुवा उत्पादनमा कमी आए पनि गत वर्षको भन्दा प्रतिकिलो १० रुपैयाँ बढी मूल्य पाएपछि किसान खुसी छन् । यसपालि ताजा अदुवा ५०, बुर्नो ८० र बिउ अदुवा १ सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भएको घर्तीले बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356