दक्षिण कोरिया विमान दुर्घटना : मृत्यु हुनेको संख्या ६२ पुग्यो [अपडेट]

Logo
Red FM आइतबार, पुष १४, २०८१

सोल — दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । ज्यान गुमाउनेमा ३७ महिला र २५ पुरुष छन् ।

योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ । १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७-८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो । विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए । आपत्‍कालिन सेवाका अधिकारीहरूले उद्धार कार्य जारी रहेको जनाएका छन् ।

अमेरिका सहित अन्य देशविदेशीमा बसाबेास गर्ने उत्कृष्ट भविष्य भएका नेपालीहरूका लागि वरवधू चाहिएमा

Australia पिआर केटोलाई उतै भएको बधूचाहियो

युके अस्ट्रेलीया क्यानडा हङ्गकङ्गमा बसाबेास गर्ने बरको लागी

सामाजिक सञ्जालमा सार्वजिनक दृष्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । त्यसलगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356