काठमाडौँ — सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेलका पदक विजेतालाई शनिबार पुरस्कृत गरिएको छ ।
विभिन्न ४ खेलका पदक विजेतासहित मार्चपासमा पहिलो हुने टोलीलाई पुरस्कृत गरिएको हो ।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहमा छात्र फुटसल, छात्र/छात्रा कबड्डी र तानडोरी तथा छात्र बास्केटबलमा प्रतिस्पर्धा भएको थियो ।
युनिग्लोबमा भएको छात्र फुटसलमा अमर आदर्श पहिलो, बोधी सदन दोस्रो र निर्मल ज्योति तेस्रो भए । छात्र/छात्रामा कबड्डीको दुवै उपाधि भीमेश्वर एकेडेमीले जित्यो । छात्रमा अर्किड दोस्रो तथा गणेश हिमाल र नेरिक एकेडेमी तेस्रो भए । छात्रामा वेस्ट ग्रुप भिजन दोस्रो तथा अमर आदर्श र ग्रिन लन्स तेस्रो बने ।
तानडोरीको छात्रमा ज्ञानभूमि, कान्तिपुर र पिक प्वाइन्ट क्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रामा कान्तिपुर विजेता, पिक प्वाइन्ट उपविजेता र मिलन धर्मस्थली तेस्रो भए । कबड्डी र तानडोरी अमर आदर्श स्कुलमा भएको थियो ।
एपेक्स लाइफ स्कुलमा भएको छात्र बास्केटबलको उपाधि हिमाली बोर्डिङले जित्यो । साइन मोडेल दोस्रो र युनिभर्सल तेस्रो स्थानमा रहे । मार्चपासमा वेस्ट ग्रुप भिजन पहिलो, काठमाडौं सेन्ट्रल दोस्रो र ग्रिन हिल तेस्रो भए ।
मंसिर २१ देखि सुरु खेलकुद सप्ताहमा १ सय २० भन्दा बढीको सहभागिता रहेको आयोजकका अध्यक्ष अमृतकुमार खड्का, उपाध्यक्ष प्रेमकुमार भुजेललगायतले पुरस्कृत गरे ।