दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद

Logo
Red FM शनिबार, मंसिर २९, २०८१

सिरहा — सिरहामा दुर्घटना भएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनगढीमाई नगरपालिका-१० जिरोमाइलस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट गाँजा बरामद भएको हो ।

शनिबार बेलुकी ६ बजे पूर्वबाट पश्चिम दिशातिर जाँदै गरेको ना ३ ख ७५९१ नम्बरको ट्रकले उत्तर तर्फबाट आएको बा ८ च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो । त्यसपछि खोजतलास गर्दा कारमा गाँजा भेटिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार, कारबाट पाँच वटा पोकामा १ क्विन्टल ३० किलो गाँजा बरामद भएको छ । कार र ट्रक तथा ट्रकका चालक प्रहरीको नियन्त्रणमा छन् भने कारका चालक फरार भएका छन् ।

स्थानीयका अनुसार, दुर्घटनामा परेलगत्तै चालकले कारबाट गाँजा र नम्बर प्लेट झिकेर ट्याक्सीमा लोड गरेर भाग्न खोजेका थिए । त्यसपछि स्थानीयहरू नजिक आएपछि उनी सबै छाडेर भागेका थिए । यस विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख पण्डितले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356