अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको भूकम्प

Logo
Red FM शुक्रबार, मंसिर २१, २०८१

विराटनगर । अमेरिकाको क्यालिफोर्नियामा ७ म्याग्निच्युडको भूकम्प गएको छ । क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दश हजारभन्दा धेरै मानिस बिजुलीविहीन भएका छन् ।

कुनै पनि ठूलो मानवीय र भौतिक क्षति भने नभएको बीबीसीले जनाएको छ । केही घरहरुमा सामान्य क्षति पुगेको बीबीसीले जनाएको छ ।

शक्तिशाली भूकम्प लगत्तै सुनामीको चेतावनी दिईएकोले सान फ्रान्सिस्कोको तटीय क्षेत्र खाली गराइएको थियो । क्यालिफोर्नियाको हाफ मून बेमा रहेको एक होटललाई सुनामीको चेतावनी दिएर लगातार अलर्ट गराइएको थियो । तर अहिले सुनामीको चेतावनी रद्द भएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत एवम् सहायता सामग्री पठाइएको क्यालिफोर्नियाको उत्तरी तटको प्रतिनिधित्व गर्ने राज्य सिनेटर माइक म्याकगायरले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ ।

अमेरिकी भूगर्भविद्हरुले यस क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प सामान्यतः नदेखिएको बताएका छन् । उनीहरुका अनुसार हरेक वर्ष विश्वभर ७ म्याग्निच्युडका १० देखि १५ वटा भूकम्प आउने गरेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणको तथ्याङ्कअनुसार यस वर्ष विश्वभर ७ म्याग्निच्युडका आठवटा भूकम्प गइसकेका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356