पेरुलाई हराएपछि ब्राजिललाई सजिलो

Logo
Red FM बुधबार, आश्विन ३०, २०८१

काठमाडौँ —एक समय दक्षिण अमेरिकी विश्वकप छनोटमा कमजोर देखिएको ब्राजिलले बुधबारको खेलमा पेरुलाई हराएपछि राहत पाएको छ । अब उसको विश्वकप छनोट यात्रा सजिलो हुनेछ । ब्रासिलियामा भएको खेलमा घरेलु टिम ब्राजिलले सजिलै ४-० ले वियजी रह्यो।

ब्राजिलका लागि राफिन्हाले दुई गोल गरे । उनका दुवै गोल पेनाल्टीबाट सम्भव भएको थियो । सुरुमा राफिन्हाले ३८ औं मिनेटमा गोल गरेपछि दोस्रो ५४ औं मिनेटमा थपे । दोस्रो हाफा आन्द्रेस परेराले ७१ र लुइज हेनरिकले ७४ औं मिनेटमा गोल गरे ।

यो जितपछि ब्राजिलको दस खेलबाट १६ अंक भएको छ र अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । अब उसको माथि अर्जेन्टिना, कोलम्बिया र उरुग्वे मात्रै रहेका छन् । दक्षिण अमेरिकी छनोटमा कुल १० टिम छन् ।

त्यसमध्ये छनोटको अन्तिम तालिकामा शीर्ष छ स्थानमा रहने टिम विश्वकपमा छनोट हुनेछ भने सातौं स्थानमा रहनेले अन्तर महादेशीय प्ले–अफ खेल्नेछ । त्यसैले ब्राजिल आफ्नो स्वभाविक खेल प्रदर्शन गर्ने हो भने विश्वकप छनोट उसका लागि गाह्रो हुने छैन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356