विराटनगरका १२ परिवारलाई विद्युतीय रिक्सा हस्तान्तरण

Logo
Red FM मंगलबार, आश्विन २२, २०८१

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक अवस्था कमजोर भएका १२ परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको छ ।

अरुको सफारी भाडमा कुदाउने र मजदुरी गरेर गुजारा गरिरहेको १२ परिवारलाई स्वरोजगार बनाउने अभियान अन्तरगत सिटी सफारी हस्तान्तरण गरेको हो ।

विराटनगर महानगरपालिका– १२ मा आयोजित कार्यक्रममा जीवन विकास लघुवित्तको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले सिटी सफारी हस्तान्तरण गरे । आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि सिटी सफारी हस्तान्तरण गरिएको शर्माले जानकारी दिए ।

रिक्सा वितरणका लागि गणपती पिजी एण्ड सप्लायर्सले सहजीकरण गरेको थियो । गत असोज १६ गते पनि विराटनगर महानगरपालिका– २ तिनपैनीमा जीवन विकासले १० परिवारलाई सिटी सफारी हस्तान्तरण गरेको थियो ।

२४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय भन्दा बढी परिवारलाई सिटी सफारी उपलब्ध गराएर स्वरोजगार बनाइ

सकेको छ ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356