दसैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाइने सीमा बढ्यो

Logo
Red FM मंगलबार, आश्विन २२, २०८१

विराटनगर —दसैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढेको छ । भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले परिपत्र मार्फत दिएको हो ।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।

दसैंको अवसरमा उक्त सीमा परिमार्जन गरेर एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्था यही असोज २१ देखि कात्तिक १ गतेसम्म र कात्तिक १५ देखि २२ देखिसम्मका लागि हो ।

‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दसैं र तिहारको अवसरमा उल्लिखित मितिभित्र प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढिमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गर्नुपर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356