धनकुटाको मुलघाटनजिक माइक्रोबस दुर्घटना

Logo
Red FM मंगलबार, आश्विन २२, २०८१

विराटनगर —कोशी राजमार्गको धरान–धनकुटाखण्डको मुलघाट नजिक मंगलबार विद्युतीय माइक्रोबस (इभी) दुर्घटना भएको छ ।

तेह्रथुमको वसन्तपुरबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००१ ज ४५३५ नम्बरको विद्युतीय माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा तेह्रथुमको छथर गाउँपालिका ५ स्थित ओख्रेका २५ वर्षीय रविन तामाङ र ४४ की रोमा ठकुरी रहेका छन् । घाइते दुवैजनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।

माइक्रोबस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । सवारी साधनसहित चालक उदयदिप सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356