महिला साफ च्याम्पियनसिपको तयारी पूरा

Logo
Red FM मंगलबार, आश्विन २२, २०८१

विराटनगर —नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनसिपको सातौं संस्करणको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सातौं संस्करणको तयारी पूरा भएको जनाएको हो । आगामी कात्तिक १ देखि १४ गतेसम्म हुने महिला साफ च्याम्पियनसिप हुँदै छ ।

लगातार तेस्रो संस्करणमा नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको हो । यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले समान एकपल्ट यसको आयोजना गरेको छ । यस सातौं संस्करणमा पाकिस्तान सहभागी नहुने चर्चा चलेको थियो ।

यद्यपि अहिलेसम्म त्यसबारे कुनै पनि जानकारी नआएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भूटान र बंगलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भूटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साविक विजेता बंगलादेशले प्रतिस्पर्धा गर्ने तय छ ।

च्याम्पियनसिपको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तान भिड्दैछन् । आयोजक नेपालले भने कातिक २ गते भूटानसँग खेल्दै घरेलु मैदानको साफ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ । हालसम्म नेपाल पाँचपल्ट फाइनलमा पुगे पनि उपाधिको स्वाद भने चाख्न पाएको छैन ।

महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँचपटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपालले राजेन्द्र तामाङको प्रशिक्षणमा तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356