हेटौंडा उपमहानगरद्वारा विपदग्रस्त ईन्द्रसरोवरलाई ५ लाख सहयोग

Logo
Red FM आइतबार, आश्विन २०, २०८१

हेटौंडा —हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्लाकै विपदग्रस्त एक गाउँपालिकालाई पुन:स्थापना र पुनर्निर्माण गर्नका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

हेटौंडा उपमहानगरको आइतबार बसेको ५४ औं कार्यपालिका बैठकले ईन्द्रसरोवर गाउँपालिकालाई उक्त सहयोग गर्ने निर्णय गरेको मेयर मीनाकुमारी लामाले जानकारी दिइन् । असोज ११ र १२ गते अविरल वर्षापछि आएको बाढीपहिरोले ईन्द्रसरोवरका सिस्नेरी बजार बगाएको, केही घरहरु पहिरोले पुरेको र सडक क्षतिग्रस्त बनाएकाले बस्ती पुन:स्थापना र सडक पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्य उपमहानगरपालिकाको विपद कोषबाट इन्द्रसरोवरलाई अनुदान सहयोग गरेको हो ।

उपमहानगर बैठकले ईन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा संचालित एन्फा एकेडेमीमा अध्ययनरत ६ विद्यार्थीको पहिरोमा परी निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356