दसैंलाई आन्तरिक उडान बिहान ४:३० देखि मध्यरातसम्म

Logo
Red FM बिहिबार, आश्विन १७, २०८१

काठमाडौँ — बाढीपहिरो तथा चाडपर्वका कारण सडकमार्गमा बढेको हवाई चापलाई ध्यानमा राखेर काठमाडौंसहित मुख्य सुगम विमानस्थल अब बिहान ४ः३० बजेदेखि खुला हुने भएका छन् । घटस्थापनादेखि कात्तिक १ अर्थात् पूर्णिमासम्म यही समयमा विमानस्थल खुला हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी पनि सोहीअनुसार खुला हुने प्राधिकरणले बताएको छ । यसअघि आन्तरिक उडान बिहान साढे ६ मा सुरु भई राति १० बजेसम्म भइसक्थे । तर केही दिनअघिको निरन्तरको वर्षाले निम्त्याएको बाढीपहिरोपछि आइतबारयता आन्तरिक उडान राति २ बजेसम्म भइरहेका छन् ।

यो नियम सुर्खेत, राजविराज र तुम्लिङटार विमानस्थलका लागि लागु हुँदैन । ती विमानस्थलमा भौगोलिक र भूसतहसम्बद्ध उपकरण नभएकाले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स (आईएफआर) उडान हुँदैनन् । पाँच किलोमिटर हाराहारी भिजिबिलिटी भएमा मात्रै उडान हुन्छन् ।

यस अवधिमा दुईतर्फी झन्डै १२ वटा अतिरिक्त उडान थपिनेछन् । प्राधिकरणले सयम थपेसँगै बुद्ध एयरले बिहीबार बिहान ६ बजेअघि काठमाडौंबाट भद्रपुरका लागि दुई उडान थपेको छ । अरु दुई श्री र यती एयरलायन्सले उडान थप्नेबारे बिहीबार निर्णय लिने जनाएका छन् । बुधबारअघिसम्म बिहान ६ देखि राति २ बजेसम्म कम्तीमा ४ सय उडान भइरहेका थिए । काठमाडौंको आन्तरिक टर्मिनलको यात्रु क्षमता प्रतिघण्टा ७ सय हो । तर बुधबारसम्म प्रतिघण्टा १२ सय यात्रुको आवागमन भइरहेको तथ्यांकमा देखिन्छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356