नेकपा एमालेले अध्यक्षसहित तीनसय ५५ जना केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गरेको छ ।
केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले अध्यक्ष केपी ओलीसहित तीन सय ५५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको हो।
बैठकले १६ जना केन्द्रीय सदस्य मनोनीत पनि गरेको छ । मनोनीत र अन्य पदेन १४ सहित केन्द्रीय कमिटीको संख्या तीन सय ८५ सदस्यीय पुगेको छ ।
मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गरिएको छैन भने केन्द्रीय निकायका प्रमुख, केन्द्रीय कार्यालय सचिवसहित विशेष प्रदेशका अध्यक्ष र सातवटा प्रदेशका अध्यक्षहरु पनि पदेन केन्द्रीय सदस्यको हैसियतमा आ–आफ्ना कमिटीको नेतृत्व गर्छन् ।
एक वर्षअघिको कार्यविभाजन समीक्षा गर्दै बाँकी सबै तीन सय ५५ केन्द्रीय सदस्यको कार्यविभाजन भएको छ ।