चोरी तथा डाँका कसुरमा चार पक्राउ

Logo
Bhojraj Ghimire बिहिबार, साउन १७, २०८१

विराटनगर- चोरी तथा डाँका सम्बन्धी कसूरमा प्रहरीले पोखराबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नंम्बर ४ लाहाचोक बस्ने वर्ष ४२ का सुर्य बहादुर घर्ती क्षेत्री, माछापुच्छे २ भराभरी बस्ने वर्ष ५१ का खड्क बहादुर पुन मगर र पोखरा महानगरपालिका वडा नंम्बर २१ बस्ने वर्ष ५८ का लोक बहादुर राना मगर, र पोखरा ३ नदिपुर बस्ने वर्ष ३५ को राजु सुनार रहेका कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले जानकारी दिए ।

३ साउनको राती २०स्३० बजेको समयमा माछापुच्छ्रे १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा चाररपाँच जनाको समूहमा मानिसहरु आई धारिलो हतियार देखाएर सुनका गरगहना ९सिक्री एक वटा, तिलहरी एक वटा, औंठी तीन वटा र रिङ तीन जोर०, मोवाइल एक थान सँगै एक लाख ७३ समेत गरी करिब १४ लाख आठ हजार मुल्य बराबरका धनमाल चोरी गरेका थिए ।

घटनाको सुचना पाएलगत्तै वडा प्रहरी कार्यालय पोखरा १ बगरबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान गरेको थियो। चोरी गर्नेहरुको खोजीका लागि पछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न उनीहरुलाई बुधबार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी थप आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356