मोरङ इकाइ अधिवेशन बिराटनगर मा सम्पन्न
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) मोरङ २६औँ इकाइ अधिवेशन होटल मनासुइन बिराटनगर मा सम्पन्न भएको छ।
औषधि तथा बिक्री प्रतिनिधिलाई बोलिचालीको भाषामा मेडिकल रिपे्रजेन्टिटिभ (एमआर) भन्ने गरिन्छ। सङ्घका अध्यक्ष मा रमानन्द यादब निर्वाचित हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष का अनुसार मोरङ का चारसय सदस्य प्रतिनिधिले इकाइअधिवेशनमा सहभागी ले नयाँ नेतृत्वसमेत चयन गरेका छ्न । अध्यक्ष रमानन्द यादव , वरिष्ठ उपाध्यक्ष रबिन कुमार चौधरी , उपाध्यक्ष लाल बाबु यादव , सचिव तेज नारायण साह , लोमस निरौला , बिकाश कुमार मण्डल कोषाध्यक्ष सन्जिब कुमर कर्ण , सहको कोषाध्यक्ष उत्तशब राज माला गरि १३ सदस्य नवनिर्वचित २ सदस्य मनोनित र तिन सल्लाहकार समिति सहित १८ सदस्य कार्यकारिणी समिति चयन भएका छन । समितिको कार्यकाल दुइ वर्षको रहेको छ अध्यक्ष यादव ले जानकारी दिए।नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ (NMSRA) को २६ औं इकाई अधिवेशन बाट निर्वाचित हुनु भएको सम्पूर्ण सदस्य हरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गदै सपत ग्रहण र प्रमाण पत्र यस नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ केन्द्र का अध्यक्ष श्री श्याम मण्डल दिए का थिए ।नयाँ कार्यसमिति ले यस NMSRA विराटनगर लाई एउटा नयाँ आयाम दिएर देशकै नमुना इकाई बनाउने छ भन्ने पूर्ण विश्वास का साथ सम्पूर्ण सदस्यज्यूहरु मा केन्द्रिय अध्यक्ष मण्डल ले हार्दिक धन्यवाद दिए।
कोशी प्रादेशिक अस्पताल विराटनगरमा उपचार गराउन आउनुभएकी ईन्द्राकुमारी वि.क र उहाको परिवारको कोशि अस्पताल परिषद भित्रैवाट पर्स सहित मोवाईल र पैसा चोरी भएको र उहाहरुसंग घर संख्वासभा फर्कन सम्म पैसा नभएको अवस्थामा नेपाल औषधि तथा विक्रि प्रतिनिधि संघका पुर्व केन्द्रिय सदस्य राम बा. देउजा र विराटनगरका अध्यक्ष रमानंद यादव र सम्पुर्ण सदस्य हरुको पहलमा र सहयोग वाट रु ९०५०/-(नौ हजार पचास )रकम हस्तास्तरण गरिए को संघकाअध्यक्ष रमानंद यादव ले बताए । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ ,विराटनगर र न्यूरो कार्डियो तथा मल्टि स्पेस्लिटी अस्पताल विच नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ का सदस्यहरु तथा परिवारजनको उपचारमा २५% सम्म छुट दिने सम्झौता भएको साथै आगामी दिनमा विभिन्न कार्यक्रमहरुमा सहकार्य गरेर अगाडी बढ्ने सम्झैता भएको संघ का अध्यक्ष यादब ले बताए ।
उक्त सम्झौता पत्रमा नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगरका तर्फवाट अध्यक्ष रमानंद यादवले तथा न्यूरो अस्पतालको तर्फवाट अपरेसनल डाईरेक्टर राजेश भट्टराई ले हस्ताक्षर गरेका थिए ।