केबलकार बनाउन रुख काटेको भन्दै मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द

Logo
Red FM बुधबार, जेठ ०२, २०८१

ताप्लेजुङ — पाथीभरा केबलकार निर्माण क्षेत्रका रुख कटान गरिएको विरोधमा ताप्लेजुङ जिल्ला, मेची राजमार्ग र तमोर करिडोरमा यातायात बन्द गरिएको छ ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुम चुम्लुङ संघीय समितिलगायतका संघसंस्थाको आयोजनामा बन्द गरिएको हो । बन्दका कारण ताप्लेजुङमा यातायात चलेका छैनन । त्यस्तै मेची राजमार्ग र तमोर करिडोरमा चल्ने लामो दूरीका यातायातका साधन पनि छुटेका छैनन् ।

बुधबार र बिहीबार दुई दिनका लागि आह्वान गरिएको बन्दमा केबलकार बनाउने योजना खारेज गर्नुपर्ने र रुख काटेकोमा सार्वजनीक माफी माग्नुपर्ने माग राखिएको छ । केबलकार निर्माणका लागि ठेकेदार कम्पनीले सोमवार बिहानैदेखि रुख काटेको थियो । ७५ प्रतिशत कटानको काम सकिएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356