संसद्‍मा देखिएको गतिरोध अन्त्यबारे प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

Logo
Red FM सोमबार, बैशाख ३१, २०८१

विराटनगर — सभामुख देवराज घिमिरेले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गरेका छन् । दुई जनाबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको सभामुख घिमिरेलाई जानकारी गराएका थिए । सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्नेसमेत बताएका छन् । उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए ।

सभामुख घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार छलफल गरेका थिए । उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दलहरूलाई सुझाव दिएका थिए । नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा सभामुख घिमिरेको जोड थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356