काठमाडौँ — पञ्जाब किंग्सले बिहीबार आईपीएल २०२४ मा गुजरात टाइटन्समाथि रोमाञ्चक तीन विकेटको जित निकालेको छ । जितका लागि दुई सय रन पछ्याएको पञ्जाब जितसम्म पुग्दा एक बलको खेल बाँकी थियो ।
पहिले ब्याटिङ गरेको गुजरातले कप्तान सुभमन गिलको ८९ रनमा चार विकेटमा १ सय ९९ रन बनाएको थियो । गिलले ४९ बलमा छ चौका र चार छक्का प्रहार गरे । जवाफमा पञ्जाबले सात विकेट गुमाएर १९.५ ओभरमा दुई रन बनायो ।
त्यसमा शशांक सिंहले २९ बलमा ६१ रन बनाए र नटआउट पनि रहे । उनी नै ‘प्लेयर अफ द म्याच’ पनि भए । यो जितपछि पञ्जावको चार अंक भएको छ । गुजरात पनि चार अंकमै छ ।