विराटनगर— वाग्मती प्रदेशमा मंगलबार बिहान पुनः सरकार विस्तार गरिएको छ । एकीकृत समाजवादीकी सांसद रमा आलेमगर मन्त्री नियुक्त भएकी छन् । उनले प्रदेश प्रमुख यादव शर्माबाट विनाविभागीय मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
आलेलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई एक साताभित्र विभागीय जिम्मेवारी दिइने मुख्यमन्त्री कार्यालय जनाएको छ । समाजवादीले उनलाई मन्त्री बनाइनुपर्ने भन्दै सोमबार प्रदेशसभा बैठकमा आलेलाई नजान भनेको थियो । आलेलाई मन्त्री बनाउने आश्वासनपछि मात्रै उनी प्रदेशसभामा पुगेकी थिइन् ।
उनकै कारण १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ४ बजेका लागि सरेको थियो । उनी बैठकमा सहभागी भएसँगै मुख्यमन्त्रीले ५६ प्रदेशसभा सदस्यको मत पाएर सरकार जोगिएको थियो ।