पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

Logo
Red FM बुधबार, चैत्र १४, २०८०

काठमाडौँ — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो ।

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतंककारीहरूले आक्रमण गरेको दूतावासले जनाएको छ । यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको थियो ।

दूतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यवहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गरेका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356