भूकम्पपीडितका लागि राहत बोकेको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु

Logo
Red FM बिहिबार, पुष ०५, २०८०

रुकुमपश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

भूकम्पपीडितका लागि राहत बोकेको ट्याक्टर बुधबार राति दुर्घटनामा परेको हो।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोलानजिकै दुर्घटना भएको हो।

आठबिसकोट-१० पिरीकोटस्थित भित्री सडकखण्डको वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टर राति १० बजे दुर्घटना भएको रूकुम पश्चिम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बताए।

दुर्घटनामा आठबिसकोट नगरपालिका-१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भइडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट-८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्कीको घटनास्थलमै मृत्यु भएको भट्टराईले बताए।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।

घाइतेहरूमा आठबिसकोट-८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट-१० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट-८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन्।

उनीहरुको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

आठबिसकोट-१० स्थित तिरीकोटको भित्री सडक खण्डमा नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरूका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो।

घुम्तीमा मोड्ने क्रममा ट्याक्टर सडकबाट करिब ३० मिटर तल अर्को मोडमा खसेको भट्टराईले बताए।

ट्याक्टर चालक आठबिसकोट-९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356