होटेलमा बेहोस फेला परेकी युवतीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु,

Logo
Red FM मंगलबार, फाल्गुण २९, २०८०

दुई युवक फरार। २९ फाल्गुन
जनकपुरधामस्थित राममान्द चौकको एक होटेलमा बेहोस अवस्थामा फेला परेकी युवतीको उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
रामानन्द चौकमा रहेको होटेल सिटी एण्ड फेमली रेस्टुरेन्टमा मंगलबार बिहानै अन्दाजी २६ वर्षीय युवती बेहोस अवस्थामा फेला परेका थिइन्।

होटेलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखरा घर भनिएकी अन्दाजी २६ बर्सिया खुसबु सुनार बेहोस अवस्थामा भेटिएकी प्रहरी निरीक्षक उपेन्द्र खरेलले जानकारी दिए।

प्रहरीका अनुसार उनको उपचारको प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याएका थिए। उनलाई प्रादेशिक अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए। अहिले युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। युवतीसँगै बसेको भनिएका दुई युवक फरार रहेको छ। उनको खोजी भइरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाइएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356