टी–२० सिरिजको फाइनलमा नेपाल त्रिकोणात्मक

Logo
Red FM मंगलबार, फाल्गुण २९, २०८०

विराटनगर ,फागुन २९ गते । कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मङ्गलबार बिहान भएको सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ८५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । नेपाल र घरेलु टोली हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो ।

जितका लागि नेपालले दिएको एकसय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रनमा समेटिएको थियो । पिएनजीका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाउनुभयो । सेसे बाउले २१, टोनी उराले १३ र नसैना पोकनाले १२ रन जोड्नुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । यस्तै प्रतिश जिसीले दुई तथा आकाश चन्द र गुल्सन झाले एक एक विकेट झार्नुभयो ।

यस्तै सन्दीप जोराले ५६ रन बनाउनुभयो । उहाँले २६ बलमा चार छक्का र तीन छक्काको सहयोगमा अर्धशतकीय इनिङ्स खेल्नुभएको हो । विनोद भण्डारीले २७, विवेक यालवले अविजित १९, गुल्सन झाले अविजित १५ र लोकेश बमले १४ रन जोड्नुभयो ।

बलिङमा पीएनजीका कप्तान असाद भालाले दुई विकेट लिनुभयो । नसैना पोकना, जोन कारिको र नोर्मन भानुआले एक एक विकेट झार्नुभयो । मङ्गलबार (आजै) हुने पीएनजी र हङकङबीचको अर्को खेलपछि फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । नेपालले आगामी जुनमा आयोजना हुने टी–२० विश्वकप तयारीको लागि हङकङमा त्रिकोणत्मक सिरिज खेलेको हो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356