२९ फागुन । राष्ट्रिय सभा अध्यक्ष चयनका लागि बैठक सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्षको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्मा रहेका छन् ।
माओवादीका तर्फबाट उम्मेदवार बनेका ६८ वर्षीय दाहाल २०७८ मा दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। भरतपुर महानगरपालिका–१४ का दाहाललाई सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन्। उनको पदावधि चार वर्ष बाँकी छ ।कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन्। नेपालगन्ज उपमहानगरपालिका–२ का ७३ वर्षीय युवराज शर्मा २०४५ देखि २०४९ सालसम्म नेपाली कांग्रेस, बाँकेको सभापति रहेका थिए। २०७८ पुसमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका शर्माको पदावधि चार वर्ष बाँकी छ ।