नेपाललाई तेस्रो सफलताः हेमन्त र आकाशपछि कुशलले पनि लिए विकेट

Logo
Red FM सोमबार, माघ २९, २०८०

क्यानडासँगको तीन एक दिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल चलिरहेको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा कुशल मल्लले नेपालका लागि तेस्रो विकेट लिएका छन् । उनले क्यानडाका निकोलस किर्तोनको विकेट लिएका हुन् ।

यसअघि आकाश चन्दले नेपालका लागि दोस्रो विकेट लिएका थिए । उनले क्यानडाका सिरमान्था विजयरत्नेलाई कप्तान रोहित पौडेलबाट क्याचआउट गराएका हुन् ।

त्यस्तै आजबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हेमन्त धामीले नेपालका लागि पहिलो विकेट लिएका थिए । धामीले क्यानडाका एरोन जोनसनको विकेट लिएका हुन् । नेपालले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ । नेपालले टस जितेसँग कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका थिए ।

यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लिन स्विप गर्ने नेपालको लक्ष्य छ भने त्यसलाई रोक्ने लक्ष्यमा क्यानडा छ ।

आजको खेलमा नेपालले कुल चार परिवर्तन गरेको छ । नेपालले सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेखलाई बाहिर राखेर उनीहरूको ठाउँमा आरिफ शेख, ललित राजवंशी, कुशल भुर्तेल र हेमन्त धामीलाई टिममा समावेश गरेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356