ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढो ।माघ १७ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे को नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य वृद्धि भएकाे छ।
समायोजित मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढेको छ । डिजेल र मट्टितेलमा भने प्रतिलिटर २-२ रुपैयाँ बढेको छ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।
नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८ र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेकाे छ।